मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बुधबार क्वालालाम्पुरस्थित वायोमास ओभलमा भएको पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गर्दै उत्साहजनक जित दर्ता गरेको हो।
मलेसियाले प्रस्तुत गरेको ६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् भने रुवि पोद्दारले १५ रन जोडेकी थिइन्। कविता जोशी (६) र रिया शर्मा (४) अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरहरूको सशक्त प्रदर्शनका कारण १६.५ ओभरमै मात्र ६७ रनमा अलआउट भयो। नेपालका बलरमध्ये पूजा महतोले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। मनिषा उपाध्यायले २ विकेट लिएर किफायती बलिङ गरिन् भने कविता कुवँर, रिया शर्मा र सीता रानामगरले पनि महत्वपूर्ण विकेट हात पारे।
मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् भने अन्य कुनै ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालले अब सिरिजको दोस्रो खेलमा मलेसियासँग पुनः भिड्नेछ।
नेपालले मलेसियालाई हराउँदै टी–२० सिरिजमा विजयी सुरुवात
Leave a Comment
Leave a Comment






