काठमाडौं – १ असोज
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार, ग्राहकले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन्। भर्चुअल कार्डमार्फत ग्राहकहरूले फोनपेको कुनै पनि क्युआर कोड वा नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्ने सुविधा पाउनेछन्।
यो कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहेको छ। साथै, ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज रकम प्रयोग गर्न सक्नेछन्। हिसाब चुक्ता गर्दा १० प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ।
बैंकले भौतिक कार्डको सट्टा मोबाइल एपमै उपलब्ध हुने यो भर्चुअल कार्डले सुरक्षित र आधुनिक भुक्तानी अनुभव दिलाउने विश्वास व्यक्त गरेको छ।



Leave a Reply