काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज २–० ले आफ्नो पक्षमा पार्दै क्लिन स्वीप गरेको छ। शुक्रबार भएको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा भने सहज प्रदर्शन गर्यो। मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा अविजित ३९ रन बनाइन्। कविता कुँवर २० बलमा १९ रन जोड्दै नटआउट रहिन् भने सोनी पाख्रिनले १२ रन बनाइन्।
मलेसियाका लागि नुर धानिया र एइसा एलिसाले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो। ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्रीले १५ रन जोडिन्। अरिनान नातास्या १३ रनमा अविजित रहिन्।
नेपालका बलरमध्ये कविता कुँवर, रुबिना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए। पूजा महतो र सिता राना मगरले १–१ विकेट हात पारे।
एसियन गेम्स छनोट र आगामी एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली टोली अहिले मलेसियामा रहेको छ।
मलेसियामाथि नेपालको अर्को जित, सिरिज क्लिन स्वीप
Leave a Comment
Leave a Comment






