मन्त्री समिरलाई नयाँ जिम्मेवारी, विकासले गति लिने अपेक्षा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मधेस प्रदेश सरकारमा नयाँ जिम्मेवारी सम्हालेपछि मन्त्री मोहम्मद समिरको भूमिकालाई राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ। उहाँको नियुक्तिपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको छ।
नयाँ जिम्मेवारीसँगै मन्त्री समिरले प्रदेशको विकास, पूर्वाधार विस्तार तथा जनमुखी योजनालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी मधेस प्रदेशमा रोकिएका विकास आयोजना अघि बढ्ने र प्रशासनिक कामकारबाही थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूले पनि मन्त्री समिरको कार्यशैलीले प्रदेश सरकारको काममा नयाँ ऊर्जा थपिने बताएका छन्। उहाँको नेतृत्वमा विकास निर्माणका कामले गति लिने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रम अघि बढ्ने विश्वास गरिएको छ।

Leave a Comment