बारा प्रहरीद्वारा डेढ करोडको समान सहित ट्रक पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 37
पढ्न लाग्ने समय : 1 मिनेट

२४ बैशाख,बारा: बारामा प्रहरीले करिब डेढ करोड मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

विभिन्न चौकीबाट खटेको प्रहरी टोलीले एक करोड ४६ लाख मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना ५ ख ७९२७ र ना ८ ख २७१९ नम्बरको ट्रक सहित कपडा, मोटर पार्ट्स, मोबिल लगायतका समान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो ।

बरामद गरिएको समान आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रहरीले अमलेखगञ्जबाट समानहरु नियन्त्रणमा लिएको हो ।