काठमाडौं, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। पार्टीले संगठन विस्तार र नेतृत्व चयनको तयारीस्वरूप विभिन्न जिल्लामा अधिवेशन सञ्चालन गर्न लागेको हो।
रास्वपाले ७७ जिल्लामध्ये अधिकांशमा तदर्थ समिति गठन गरिसकेको छ। हालै डोल्पामा पनि तदर्थ समिति गठन भएसँगै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइएको हो। यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने वडा तथा पालिका अधिवेशन सम्पन्न नभएकाले यसपटक जिल्ला अधिवेशन नहुने जनाइएको छ।
पार्टीको निर्णयअनुसार कुनै जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ। सोही आधारमा अधिकांश जिल्लामा अधिवेशनको तयारी पूरा भएको बताइएको छ।
रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गरेपछि जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ। त्यसपछि पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गरिनेछ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीले देशव्यापी संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको जनाएको छ।
रास्वपाको जिल्ला अधिवेशन आजदेखि, महाधिवेशनको तयारी तीव्र
Leave a Comment
Leave a Comment






