१८ माघ,बारा: बारामा श्रमजीवी पत्रकार संघको जिल्ला समिति गठन भएको छ ।
आज कलैयामा सम्पन्न पत्रकारहरुको भेलाले शिवशंकर मिश्रको अध्यक्षतामा संघको १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा नरेश गुप्ता,महिला उपाध्यक्षमा प्रियंका सरार्फ, सचिवमा चन्देश्वर चौरसिया(राजु), सहसचिवमा श्याम पासवान र महेन्द्र सहनी चयन भएका छन ।
त्यसैगरी कोषाध्यक्षमा विशाल सरार्फ चयन भएका छन । त्यसैगरी सदस्यमा शर्मा बैठा, अजय यादव वियोगी, अनिल वर्मा,विनीता चौधरी,कृष्ण कुश्वाहा, श्याम ठाकुर र रन्जन कुमार चयन भएका छन ।
नेपाल पत्रकार महासंघका मधेस प्रदेश सदस्य संजीव मिश्रको प्रमुख आतिथ्यता र नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्री प्रकाश श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
शिवशंकर मिश्राको अध्यक्षतामा बारामा श्रमजीवी पत्रकार संघ गठन
