आइतबारको बिदा हटाउने चर्चा निराधार, सरकारको स्पष्टिकरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउने कुनै निर्णय नभएको स्पष्ट पारेको छ। पछिल्ला दिनमा केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले त्यसको खण्डन गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा हटाइने भन्ने समाचार तथ्यहीन रहेको बताइन्। उनका अनुसार सरकारले यस विषयमा न त कुनै निर्णय गरेको छ, न त हाल त्यस्तो कुनै प्रस्तावमाथि छलफल भइरहेको छ।
सरकारले इन्धन खपत घटाउने तथा जनजीवनलाई केही राहत पुर्‍याउने उद्देश्यसहित गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो। सोही निर्णयअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
सरकारले हाल कायम रहेको दुईदिने सार्वजनिक बिदा यथावत् रहेको र आइतबारको बिदा हटाउने विषयमा कुनै आधिकारिक निर्णय नभएको पुनः स्पष्ट गरेको छ।

Leave a Comment