परीक्षामा कुनै सम्झौता गरिदैन :- परीक्षा पदपूर्ति समिति सयोजक मिश्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

प्रादेशिक अस्पताल कलैयाले निकालेको सूचनामा भईरहेको परीक्षामा कुनै सम्झौता नगरिने परीक्षा पदपूर्ति समिति सयोजक डा जयन्त भगवान मिश्रले बताएका छन । अफवाहलाई चिर्दै स्वच्छ मर्यादित परीक्षा संचालन भईरहेको मिश्रले बताए ।

अनुभवी दक्ष उम्मेदवार छनोट गर्न समितिले तयारी गरेको उनले बताए । स्वास्थ्य क्षेत्र संवेदनशील भएकोले परीक्षामा कुनै किसिमको सम्झौता नहुने मिश्रले दावी गरे ।

परीक्षामा करिव ७० जना भन्दा माथि सहभागीहरु परीक्षा दिइरहेको परीक्षा पदपूर्ति समिति सयोजक मिश्र बताउछन ।

समितिले परीक्षा मर्यादित गराउन परीक्षा केन्द्र मै परीक्षा शुरु हुनु भन्दा करिब एक घण्टा अगाडी विज्ञहरुले प्रश्न पत्र तयारी गरेको उनले बताए । एक घण्टाको परीक्षा सक्ने बितिकै समितिको रोहबरमा विज्ञहरूले प्रश्न पत्र चेक जाँच गरि परीक्षाफल प्रकाशित गर्ने मिश्रले बताए ।

Leave a Comment