निशुल्क कपडा बैंकलाई ब्रह्म कुमारी राजयोग सेवा केन्द्रद्वारा ७० थान कपडा सहयोग

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

साजिर मन्सूर

कलैया,कार्तिक २०

समाजसेवामा सक्रिय ब्रह्म कुमारी राजयोग सेवा केन्द्र कलैयाले निशुल्क कपडा बैंक कलैयालाई ७० थान कपडा सहयोग गरेको छ।

सेवा केन्द्रका प्रतिनिधिहरू भरत अग्रवाल भाई जि,रोशनी बहन जि ,जानकी बहन जि र गङ्गाधर भाई जि ले विभिन्न उमेर समूहका लागि प्रयोग योग्य लुगा आज बैंकमा आएर  हस्तान्तरण गर्दै समाजमा सहयोग र मानवसेवाको भावना विस्तार गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्। ब्रह्म कुमारी राज योग सेवा केंद्र को सन्चालिका मिना दिदिको विशेष पहलमा सो कपडा हस्तान्तरण गरिएको अग्रवालले बताए ।

मिना दिदिले आगामी दिनमा पनि आफुहरुले मानव कल्याण को यो कदममा कदम मिलाएर हिड्ने बताएकी छन ।

सो अवसरमा कपडा बैंकका अध्यक्ष मोकदम अन्सारीले ब्रह्म कुमारी परिवारप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले गरिब तथा विपन्न वर्गका नागरिकलाई सहयोग पुर्‍याउने बताएका छन्।

बैंकका संरक्षक एवम बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरले निशुल्क कपडा बैंकले स्थानीय समुदायका आर्थिक रूपमा कमजोर परिवारलाई निःशुल्क कपडा वितरण गर्दै आएको जनाए । मन्सूरले हाल सम्म यो बैंक मार्फत सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।

Leave a comment