काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भएपछि महाधिवेशनको समय थप हुन सक्ने रास्वपाले जनाएको हो।
रास्वपाका प्रवक्ता मनिष झाले बन्द सत्र ढिला हुँदैमा पार्टी आत्तिएको अवस्था नरहेको बताए। उनले यसअघि नै सम्भावित ढिलाइबारे केन्द्रीय समिति बैठकमा छलफल भएकाले त्यसका लागि आफूहरू तयार रहेको जानकारी दिए।
‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं। यसलाई स्वाभाविक रुपमा लिएका छौं,’ झाले भने।
उनका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको छ। सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आएको उनले बताए।
मधेश प्रदेशका केही प्रतिनिधि छुटेकाले उनीहरूलाई समेट्ने काम भइरहेको रास्वपाले जनाएको छ। छुटेका प्रतिनिधिको विवरण मिलाएर समावेश गर्ने तयारी भइरहेको प्रवक्ता झाले बताए।
बन्द सत्र सुरु हुन केही ढिलाइ भए पनि महाधिवेशनका प्रक्रिया निर्धारित ढंगले अघि बढाइने रास्वपाको भनाइ छ।
रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधि संख्या ४ हजार ३ सय पुग्यो
Leave a Comment
Leave a Comment






