निलम्बनमा परेका वरिष्ठ हवल्दार साह उच्च प्रहरी अधिकारीलाई गुहार्दै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 315
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_0

८ चैत्र, हेटौंडा :निलम्बनमा परेका एकजना वरिष्ठ प्रहरी हवल्दार विभिन्न प्रहरी वरिष्ठ अधिकारीहरुलाई गुहार्न थालेका छन ।
बाराको कोतवाली घर भएका वरिष्ठ प्रहरी हवल्दार सुरेन्द्र साह तेली आफ्नो निलम्बन फुकुवा गराउन उच्च प्रहरी अधिकारीहरुलाई गुहार्न थालेको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले बाराको कोतवाली घर भएका वरिष्ठ प्रहरी हवल्दार साहलाई दुई दिन अगाडि निलम्बन गरेको थियो ।
वरिष्ठ हवल्दार साहले प्रहरी आचरण र नियमावली विपरीत काम गरेकोले निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले जानकारी गराए ।

प्रहरीले रवाना गरेको ठाउँमा नगएर वरिष्ठ हवल्दार साह बेपत्ता भएकोले निलम्बन गरिएको प्रहरी नायब महानिरीक्षक शर्माले जानकारी गराए ।
वरिष्ठ हवल्दार साह प्रहरीको आकर्षक ठाउँमा बसेर अकुत सम्पती कमाएको चर्चा प्रहरीहरु बीच नै चल्ने गरेको छ ।

Leave a comment