बारा । कलैया उपमहानगरपालिका–१ स्थित मुख्य चोकमा रहेको सार्वजनिक शौचालयमा पानी र विद्युत् सुविधा नहुँदा सेवाग्राही तथा बटुवा समस्यामा परेका छन्।
लामो समयदेखि शौचालयमा आवश्यक पानी र बिजुलीको व्यवस्था नहुँदा प्रयोग गर्न जाने नागरिकले असहज अवस्था भोग्दै आएका छन्। अझ शौचालय प्रयोग गरेबापत सेवाग्राहीले शुल्क तिर्नुपर्ने भए पनि आधारभूत सुविधा नपाएको गुनासो गरेका छन्।
शौचालय प्रयोग गर्न जाने सर्वसाधारणले पैसा तिरेर पनि पानी, सरसफाइ र आवश्यक सुविधा नपाउनु दुःखद भएको बताएका छन्।
कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले आफूलाई यस विषयमा पहिले जानकारी नगराइएको बताए। उनले समस्या बारे जानकारी पाएपछि आजै समाधानका लागि पहल गर्ने र आवश्यक व्यवस्था मिलाउने बताए।
शुल्क तिरेर पनि सार्वजनिक शौचालयमा सुविधा छैन, सेवाग्राही मर्कामा
Leave a Comment
Leave a Comment






