संसद सचिवालयको आग्रह– ‘लुटिएका सामान फिर्ता गर्नुहोस्’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-३० भदौ।
हालै जेनजी युवाहरूको प्रदर्शनका क्रममा संसद भवनमा भएको तोडफोड र लुटपाटपछि संघीय संसद सचिवालयले लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार एक सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायतका विद्युतीय उपकरण अनधिकृत रूपमा व्यक्तिहरूले लगेको पुष्टि भएको उल्लेख गरेको छ।
सूचनामा भनिएको छ, “यस्ता मालसामान रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा वा ती सामान लगेको भिडिओ भएमा संघीय संसद सचिवालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं। जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिनेछ।”
गत भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र आसपासका क्षेत्रमा भएको जेनजी युवाको आन्दोलनी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको थियो। संसद परिसरमा पार्क गरिएका सवारी साधन समेत क्षतिग्रस्त भएका थिए।

Leave a Comment