बारामा पूर्व कृषि मन्त्री एवं क्षेत्र –३ की निवर्तमान प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले विधालय भवनको शिलान्यास गरेकी छिन । कलैया उपमहानगरपालिका–७ बरेवा स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा आठ कोठे भवनको शिलान्यास गरेकी हुन।
वेदिक मन्त्रद्वारा बुधबार शिलान्यास गरिएको ८ कोठे भवन १ करोड ५० लाखको लागतमा विनोद कन्स्ट्रक्सनले ठेक्का सकार गरेको जानकरी गराईन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साह प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
शिलान्यास कार्यक्रममा बोल्दै पुर्व मन्त्री साहले चुनाव हार जित नियमित प्रक्रिया रहेको बताईन । ‘ आफ्नो खुट्टाको एकल फ्रायक्चर भएकोले उपचारको क्रममा रहेको बताईन ‘ । जनताको मायाले निरन्तर आफु समाज सेवामै रहेको समेत बताईन । अन्तिम सास सम्म जनताको साथमा रहने प्रतिवद्धता गरेकी छिन ।
आफ्नो कार्यकाल मै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार पहिलो प्राथमिकतामा रहेको समेत जानकारी गराईन । जनताको मतले आफु निर्वाचित भए पछि सांसद भएको पहिलो दिन मै ३ करोड बजेट विनियोजन गरेको जानकारी गराईन ।
जसमध्ये दुर्गा माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख र कलैया ०३ भवानीपुर स्थित श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख विनियोजन गरिएको बताईन ।
आफूले गरेको प्रतिवद्धता अनुसार विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तरमा सहयोग गरेको बताईन । विद्यालयलाई गुणस्तरीय तथा प्राविधिक शिक्षामा अघि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा कलैया उपमहानगरपालिका–७ का वडाध्यक्ष सैफुल्लाह मन्सुर, वडा नं. १३ का पूर्ववडाध्यक्ष राजन पटेल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, शिक्षा शाखा प्रमुख राजीव कुमार यादव, विद्यालयका प्रधानाध्यापक मनोज यादव, प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समिति अध्यक्ष जवाहिर अन्सारी, निरज पाण्डे, जले यादव
लगायत शिक्षक तथा कर्मचारीहरूको सहभागी रहेको थियो ।

