३१ भदौ, कलैया: किराना व्यापार संघ कलैयाले बारा उद्योग वाणिज्य संघको निर्वाचन बहिष्कार गरेको छ ।
किराना व्यापार संघका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिंदै निर्वाचन बहिष्कारको निर्णय गरेका हुन ।
संघ कलैयाको आज बसेको बैठकले आफूसँग आवद्ध भएर निर्वाचनमा भाग लिएका र आफना संघमा आवद्ध सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गरी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेल गरि जानकारी गराईएको छ ।
संघको तर्फबाट उम्मेदवारी दिएका कोषाध्यक्ष पदका उम्मेदवार राजेश गुप्ता, सचिव पदका उम्मेदवार दिपलाल साह, सदस्य पदका लागि उम्मेदवारी दिएका दिनदयाल साह, संजय कुमार पटेल, देव कुमार साह, शोभा कुमारी सर्राफ, अन्जनी कुमार साह, विशाल कुमार साह र बाबु योगेन्द्र कुमारको उम्मेदवारी फिर्ता गराइएको संघका अध्यक्ष सुनिल कुमार साहले बताए ।
उद्योग वाणिज्य संघ बारा हाम्रो लागि आवाज उठाउने संस्था हो, अध्यक्ष साहले भने,‘तर संघका पदाधिकारीहरुले नै हामी माथि आक्रमण गर्ने, अभद्र व्यवहार गर्ने, कुटने लगायतका गतिविधि गरेको कारण बाध्य भएर उम्मेदवारी फिर्ता सँगै निर्वाचन बहिष्कार गर्नु परेको हो ।’
संघले न त आफनो गरिमा बचाउन सकेको छ नत आफना सदस्यहरुको हक अधिकारको लागि आवाज उठाउन सकेको छ साहले भने हामी व्यापारीहरुको हितको कार्य गर्न नसकेको अवस्थामा संघमा रहेर पनि कुनै काम छैन ।
निर्वाचनमा भाग लिन जाँदा कुटाई खानु पर्ने, गाली खानु पर्ने परिस्थितिको विद्यमानता रहेको छ अध्यक्ष साहले बताए ।
आइतबार साँझ महासचिवको उम्मेदवार सन्तु साहको पसल अगाडी उम्मेदवारी फिर्ता लिएको विषयमा कुराकानी भइरहेको बेला अचानक उपाध्यक्ष पदका उम्मेदवार गोल्डेन भन्ने प्रदीप साह आई सचिव पदमा उम्मेदवारी दिएका दिपलाल साहमाथि आक्रमण गरेको गाली गलौज गरेको हामीले सम्झाउँदा बुझाउँदा समेत नमानी किराना व्यवासी संघका सदस्यहरुलाई तथानाम गालीगलौज गरेको कारण बाध्य भएर यस्तो निर्णय लिनु परेको उनले बताए ।’
बारा उद्योग वाणिज्य संघमा वाणिज्य तर्फ ५ सय ७२ र उद्योग तर्फ ९२ जना मतदाता रहेका छन ।
२ सय जति किराना व्यापारी सदस्य रहेको अध्यक्ष साहले बताए ।
बारा उद्योग वाणिज्यसंघको निर्वाचन यही असोज ५ गते हुने भएको छ ।
१० जना भन्दा बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सूर्यजित सिहले जानकारी गराए ।