सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको महासंघद्वारा विरोध

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१९ भाद्र ,बारा  : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमा संकुचन आउने भन्दै आपत्ति जनाएको हो।

​महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्पबिना नै सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउने मात्र नभई नागरिकको सूचनाको हक पनि प्रभावित हुन सक्छ।” सरकारले यस पक्षमा ध्यान नदिएकोमा महासंघले आश्चर्य प्रकट गरेको छ।

​महासंघले सामाजिक सञ्जालको नियमनको पक्षमा भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि सञ्चार माध्यममाथि नियन्त्रणको कदम स्वीकार्य नहुने स्पष्ट पारेको छ। महासंघले नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सामाजिक सञ्जालमाथिको नियन्त्रण तत्काल हटाउन पनि सरकारसँग जोडदार माग गरेको छ।

Leave a Comment