बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या, जिल्लाको सुरक्षा व्यवस्था फितलो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 476
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

३२ जेठ, बारा : बारामा अज्ञात समुहले गोली प्रहारगरि एक जना क्याम्पस प्रमुखको हत्या गरेको छ ।

कलैया स्थित रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहालाई अज्ञात समूहले गोली हानेर हत्या  हो ।

मोटरसाइकलमा सवार ४५ वर्षीय कुशवाहा माथि अज्ञात समूहले आज साँझ  हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरि घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी गराउनुभयो ।

कुश्वाहाको वीरगन्ज स्थित वयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

क्यापस प्रमुखको पिठयूमा गोली लागेको थियो ।
घटनास्थलमा प्रहरी उपरिक्षक महेन्द्र खडका सहित जिल्लाका सुरक्षा निकायका अधिकृतहरु पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

कुशवाहा आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर-२ खजुरिया निवासी हुन ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

दिनदहाडै क्याम्पस प्रमुखको हत्या भएपछि सुरक्षा निकायमाथी प्रश्न उठेको छ ।

सुरक्षा निकायका अधिकारीहरु रकम कमाउने काममा लागेपछि जिल्लाको सुरक्षा व्यवस्था फितलो हुँदै गएको भन्दै बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन ।

जिल्लाको  सुरक्षा व्यवस्था व्यवस्था कडा पार्नुको सट्टा  रकम कमाउन जिल्ला प्रहरी कार्यालयले विचौलियाहरु परिचालन गरेकोले जिल्लाको सुरक्षा व्यवस्था फितलो भएको  बाराका वरिष्ठ पत्रकार रमेश सुवेदीले आरोप लगाउनु भयो ।

प्रहरी उपरीक्षक महेन्द्र खडकाको निवास सम्म साँझ र बिहान विचौलियाहरु पुग्ने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रहरी उपरीक्षक खडकाले भने कुनै पनि विचौलियासंग सम्पर्क नरहको ,स्पष्ट पारेका छन ।

Leave a comment