रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण, चितवन–२ मा करिब १० लाख खर्च

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २७ फागुन २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

चितवन–२ बाट निर्वाचित लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा निर्वाचन आचारसंहिता अनुसार आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन्। उनका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत विवरण बुझाइएको हो।

बुझाइएको विवरण अनुसार चुनावी अभियानमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगको नियम अनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले मतदान सम्पन्न भएपछि तोकिएको समयभित्र चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

यसअघि झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन शाहले पनि आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए। उनले चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका थिए।

Leave a Comment