स्वास्थ्यकर्मी ज्ञानसागर चौधरीको निधनप्रति शोक, महागढीमाई नगरपालिकामा आज सार्वजनिक बिदा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असार २९। महागढीमाई नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र–५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञानसागर चौधरीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोमबार एक दिनका लागि स्थानीय शोक बिदा घोषणा गरेको छ।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार चौधरीको आइतबार निधन भएको हो। उहाँले नगरपालिकाको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको सम्मानस्वरूप शोक बिदा दिने निर्णय गरिएको जनाइएको छ।
नगरपालिकाले दिवंगत चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सोमबार महागढीमाई नगरपालिकाअन्तर्गतका सबै कार्यालयमा स्थानीय शोक बिदा लागू हुने जानकारी दिएको छ।
नगरपालिकाले यस दुःखद घडीमा सबै कर्मचारी, जनप्रतिनिधि तथा नगरवासीलाई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न आग्रह गरेको छ।

Leave a Comment