डेडिकेटेड र ट्रंक लाईनको बक्यौता उठाउने उर्जामन्त्रीको निर्णय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ-३० भदौ ।
ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै डेडिकेटेड र ट्रंक लाईनको बक्यौता रकम उठाउने निर्णय गरेका छन् ।
मन्त्री घिसिङले सोमबार पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका हुन । 
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमा २८ उद्योगबाट करिब सात अर्ब रुपैयाँ बक्यौता रहेको जनाएको छ । तत्कालीन समयमा डेडिकेटेड र ट्रंकलाइन विवादमा घिसिङले उद्योगको लाइन काटेका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेलामा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो ।
उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहेका छन् । 

Leave a comment