नेपाल प्रेस युनियन बाराद्वारा महासंघमा तालाबन्दी

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 104
पढ्न लाग्ने समय : 1 मिनेट

१५ असार, बारा: नेपाल प्रेस युनियन बाराले आज नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ ।

युनियनका प्रदेश  अध्यक्ष सत्य प्रसाद श्रेष्ठको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले कलैया स्थित महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासंघले सकृय पत्रकारहरुलाई सदस्यता नदिएको र गैरपत्रकारलाई सदस्यता दिएकोले महासंघमा तालाबन्दी गर्नु परेको युनियनका जिल्ला अध्यक्ष श्यामबाबु यादवले जानकारी गराए ।

महासंघको केन्द्रिय नेतृत्वले विधान विपरीत सदस्यता दिएर युनियनलाई पेलेर निर्वाचन गराउन खोजेपछि युनियनले महासंघको देशैभरिको कार्यालयका तालाबन्दी गरेर आन्दोलन गर्नु परेको युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले जानकारी गराए ।