सर्लाही, २३ फागुन २०८२। सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन्।
कार्कीले ४४ हजार १८१ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत पाएका छन् भने नेकपाका प्रमोद साहले ५ हजार ४९४ मत प्राप्त गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पुनः उम्मेदवार बनेका चौधरी भने ३ हजार ९९१ मतमै सीमित भएका छन्।
यस परिणामसँगै सर्लाही–१ मा रास्वपाले पहिलो पटक प्रतिनिधिसभा जित हात पारेको छ।

