बारा प्रहरीद्वारा करिब ६७ लाखको समान सहित ट्रक नियन्त्रणमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 112
पढ्न लाग्ने समय : 1 मिनेट

२६ असार, बारा: बारामा प्रहरीले करिब ६७ लाख मुल्य बराबरको समान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले अमलेखगञ्ज र मुसहर्वाबाट समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ४९४० नम्बरको ट्रक सहित ६४ लाख ५६ हजार २४२ रुपैयाँ मुल्य बराबरको खुद्रा समान नियन्त्रणमा लिएको हो ।

त्यसैगरी ना ६ ख ७०३६ नम्बरको बसबाट एक लाख १४ हजार एक सय ५० मुल्य बराबरको कस्मेटिक्सको समान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराए ।

प्रहरी चौकी मुसहर्वाको टोलीले एक लाख ३० हजार मुल्य बराबरको गाई र बाच्छा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।