२५ बैशाख,बारा: प्रहरी प्रधान कार्यालयले सर्लाहीबाट एकजना प्रहरी सहायक निरीक्षक सहित दुईजनालाई छानबिनकालागि तानेको छ ।
जिल्ला प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीका दुईजना घुमुवालाई हेडक्वार्टर तानेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा घुमुवाको रूपमा परिचालित असई तेजनारायण यादव र प्रहरी जवान मुकेश गुप्तालाई प्रहरी प्रधान कार्यालयले तानेको हो ।

असई यादव र जवान गुप्ता तस्करहरुसंग आर्थिक संकलन गरी तस्करी गराउने उजुरी परेपछि छानबिनकालागि तानिएको प्रहरी हेडक्वार्टर स्रोतले दाबी गरेको छ ।
असई यादव र जवान गुप्ताले सर्लाहीमा आर्थिक आतंक नै मच्चाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो ।
असई यादव र जवान गुप्ता सर्लाहीमै बस्न विभिन्न हाकिमहरुलाई हारगुहार गरिरहेको स्रोतले दाबी गरेको छ ।






