संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत ९ —राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले संसदीय दलको नेता चयनका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता का अनुसार, बैठक चैत १२ गते दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा मुख्य रूपमा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको रास्वपाले संसदीय दलको नेताका रूपमा वरिष्ठ नेता लाई चयन गर्ने तयारी गरेको बताइएको छ।

यसै दिन नव–निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले शपथ ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ।

Leave a Comment