मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको छ–प्रभु साह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 84
पढ्न लाग्ने समय : 1 मिनेट

६ भाद्र, बारा: आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको दावी गरेका छन् ।

उनले मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको आरोप लगाए ।

बाराको खुटुवा प्रसौनीमा आजपाद्धारा आज आयोजित प्रथम भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधेसवादी दलका नेताहरुको पेशा नै बनिसकेको आरोप समेत लगाए ।

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरुले मधेसलाई समृद्ध बनाउँने काम गर्नै नसक्ने साहले बताए ।

भ्रष्टाचार बाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाटने, लुटने, ठग्ने पेशा नै बनेको बताए ।

कुनै पनि सरकारको काम भनेको देश र जनताका लागि बिकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले आरोप लगाए ।

आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।