कालभैरवको दर्शनबाट कार्यकाल सुरु गर्दै गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २७ जेठ । दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले पदभार ग्रहण गरेपछि कालभैरव मन्दिर पुगेर दर्शन गरेका छन्।
बुधबार राति हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा पुगेका गुरुङले पूजा–आराधना गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्। नयाँ जिम्मेवारी सम्हालेपछि उनले धार्मिक आस्थाको केन्द्र मानिने कालभैरवको दर्शन गरेर आफ्नो कार्यकालको सुरुवात गरेका छन्।
सम्पत्ति विवरणसम्बन्धी विवादका कारण यसअघि गृहमन्त्री पदबाट बाहिरिएका गुरुङ मंगलबार पुनः उक्त जिम्मेवारीमा नियुक्त भएका थिए। पुनर्नियुक्तिपछि उनले गृह प्रशासनसँग सम्बन्धित विभिन्न विषयमा सक्रियता देखाउन थालेका छन्।
गृहमन्त्री गुरुङले हालै बहुचर्चित दरबार हत्याकाण्डसहित केही पुराना तथा संवेदनशील फाइलहरूको अध्ययन र प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेका छन्। त्यसैबीच उनको कालभैरव दर्शनलाई नयाँ कार्यकालको औपचारिक सुरुवातका रूपमा हेरिएको छ।

Leave a Comment