बालविवाह रोक्न धर्मगुरुसंग छलफल

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 265
पढ्न लाग्ने समय : 1 मिनेट

बालविवाह तथा बहुविवाह रोक्न उदेश्यले बिहीबार बाराको कलैया उपमहानगर पालिका वार्ड नम्बर १२ मा छलफल कार्यक्रम सप्पन्न भएको छ।

sodcc पर्साको आयोजना unicef  को सहयोगमा आयोजित उक्त कार्यक्रममा सम्पन्न भएको थियो।

विवाहको कार्यक्रममा धर्मगुरुको महत्त्व पुर्ण भुमिका रहने भएकोले उमेर नपुगेका  बालबालिकाहरुको बिहे नगराउन,अभिभावकहरु लाई जनचेतना जगाउन कार्यक्रम धर्मगुरुहरुलाइ आग्रह गरिएको थियो।

उक्त कार्यक्रममा sodcc का कोर्डिनेटर अगद सहनी सहजकर्ता रामेश्वर यादव,त्रिभुवन चौबे,जाकिर हुसेन ,कलामुदिन मिया ,वार्ड सदस्य वैधनाथ यादव ,स्वास्थयकर्मी लालदेव ठाकुर ,ने.रा.आ.बि सितलपुरका शिक्षक शिखा कर्ण ,हरिकिशोर मिश्र ,अफताब आलम ,अभिभावक लगायत छात्रा छत्रहरुको उपस्थिति रहेको थियोे ।
छलफल कार्यक्रममा गुनासो सुन्वाइ,अनुगमन लगायत ६ समिति गठन भएको थियो।