संजीव कुमार मिश्र
२५ भदौ, कलैया: नाला र वर्षाको पानी दिनहु तरेर कलैया उपमहानगरपालिका ४ अदालत टोलका स्थानीयहरु आवत जावत गर्न बाध्य हुनु परेको छ ।
अदालत देखि पूर्व रहेको बस्तीको १० घर पुरै डुबानमा रहेका छन भने बाँकी घरहरुमा समेत पुग्न झनै समस्या भएको स्थानीय रमेश प्रसाद यादवले बताए ।
विगत एक हप्ता देखि यस्तै समस्या छ, उनलेे भने,‘ सुत्ने त परै जाओस खाना बनाउन समेत समस्या भएको छ । दिनभरि जेनतेन गरेर समय विताएपनि रातीको बेलामा बस्न झनै समस्या भएको छ । घर भित्र र बाहिर पानी नै पानी रहेको छ । सम्बन्धित निकायलाई भन्दा पनि कुनै सुनुवाई नभएको उनलेे बताए ।’
घरमा पानी छ, बस्न खान समेत समस्या परेको छ अर्का स्थानीय रुखसाना खातुनले बताईन, टेबलमा सरसमानहरु राखेर जेनतेन गरी खाना पकाउने गरेकी छु, उनलेे भनिन, ‘राती लामुखट्टे र पानीका किराहरु खाना पकाउँदा खानामै मिसीने ओछयानमा समेत पानीका किराहरु पस्ने गरेका छन् । के गर्नु ? जिवन जिउनै पर्यो यो पानीले दिनुसम्मको दुःख दिएको उनलेे बताईन ।’
घरमा आउन जान मात्र होइन बस्न पनि समस्या भएको छ अर्का स्थानीय जंगबहादुर पडितले बताए । हामी पटक पटक वडा कार्यालय पुगेर पानीको बहावको व्यवस्थापन गर्न भने पनि वडाअध्यक्षले कुनै सुनुवाइ नगरेको उनलेे गुनासो गरे ।
वर्षाको पानी सँगै मिसिएर आएको नालाको पानी तर्दा खुट्टा चिल्लाउने गरेको छ, उनलेे भने,‘ लामखुट्टेको विगविगी त छदैछ अरु नालाको फोहोर पानीको किराहरु समेत घरमा पस्ने गरेको छ त्यही पानी छलेर दिनहुँ बालबच्चाहरु पढन जाने आउने र आफू पनि काम गर्न जानु परेको अवस्था छ ।
जिवन जिउनै पर्यो जिउनको लागि काम नगरि भएन काम गर्न आउँदा र जादा नाक थुनेर जानु परेको र फोहोर पानीको कारण खुट्टामा समेत इन्फेक्शन देखिएको उनलेे बताए ।
पानीको निकास नहुँदा अदालत भन्दा पूर्वको पुरै बस्ती नै डुबानमा परेको छ, १० भन्दा बढी घरहरुमा त तीन फिट भन्दा बढी पानी जमेको उनलेे बताए ।
वार्डको विकास गर्न जिम्मा लिएका जनप्रतिनिधि नै यसरी कानमा तेल हालेर सुतिदिदा आफूहरु फोहोर पानी तर्न बाध्य भएको स्थानीय परमेश्वर यादवले बताए ।
टोलका रमेश प्रसाद यादव, रुखसाना खातुन, परमेश्वर यादव, पुन्देव साह, सत्यानन्द ठाकुर, सरोज यादव लगायत १० जनाको घरमा २ फिट भन्दा बढी पानी जमेको छ भने सडकमा समेत पानी नै पानी रहेको स्थानीयहरुले बताए ।
पानीको निकास खोली समस्याको समाधान गर्न स्थानीयहरुले माँग गरेका छन ।
कलैया उपमहानगरपालिका ४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवले टोल देखि पूर्व रहेको मैदामिल जाने बाटो काटेर पानीको निकास खोलिएको बताउनुभयो । पानी नपरे एक दुई दिनमा पानी निस्केपछि समस्या समाधान हुने जानकारी गराए ।
अहिले पानीको मौसम छ पानीको मौसम सिधिने वितिकै दीर्घकालिन रुपमा समस्या समाधानको लागि पहल गरिने उनलेे आश्वासन दिए ।