२८ भदौ, बारा : बारामा प्रहरीले झण्डै ८० लाक मुल्य बराबरको धनमाल समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अन्तरगतको विभिन्न युनिटहरुले
८० लाख पाँच हजार तीन सय ४७ रुपैयाँ मुल्य बराबरको धनमाल बरामद गरेको हो ।
प्रहरीले ईलेक्ट्रोनिक्स समान, कम्प्युटर पार्ट्स, लत्ताकपडा, भाँडाकुँडा, किराना समन,चिनी लगायतका सरसमान बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।
प्रहरीले ना २६ प १४१३ नम्बरको मोटरसाइकल, ना ८ ख ७२४४ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान आवश्यक कार्बाहीकोलागी आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी गराए ।