१४ फागुन,बारा : बाराको दक्षिण सिमावर्ती सुवर्ण गाउँपालिकाको ब्रम्हलुट छत्ताछुल्ल भएको छ।
गाउंपालिकामा लक्षित बर्गको योजना (तालिम कार्यक्रम)मा जनप्रतिनिधि र कर्मचारीले ४० प्रतिशत सम्म कमिसन लिई योजना बाँडफाँड गरेको रहस्य बाहिरिएको छ ।
गाउँपालिकाको पालिका र वडा स्तरिय लक्षितबर्गको कार्यक्रम गर्ने संस्थाहरुले ४० प्रतिशातसम्म कमिशन अग्रिम बुझाउने गरेको पालिका श्रोतले दाबी गरेको छ् ।
एउटै ‘श्रम बिकास नेपाल कलैया-६ बारा’ नामक गैरसरकारी संस्थाले विभिन्न वडामा कार्यक्रम गरेको छ।
आर्थिक बर्ष ०८१/०८२ को लक्षित बर्गको कार्यक्रम संचालन गरेर गैरसरकारी संस्थाले नेपाल सरकारको रकम कागज मिलाएर स्वाहा पारेका छन ।
हरेक बर्ष सुवर्ण गाउँपालिकाले लक्षितवर्ग तर्फको कार्यक्रममा करोडौं रकम खर्च गरिएको भएपनी स्थानीय तहमा उपलब्धि शून्य रहेको स्थानीले बताएका छन ।
सुवर्ण गाउँपालिकाको अध्यक्ष राजेश प्रसाद यादव,निमित प्रमुख प्रशासकीय अधिकृत सुजित यादव र सामाजिक बिकास शाखा प्रमुख शिवरतन साहले वडा स्तरिय योजनाहरु बाट ४० प्रतिशत सम्म रकम असुल्ने गरेको स्रोतको दाबी छ
विभिन्न वडाका अध्यक्षहरुले पनि ३० देखि ४० प्रतिशात सम्म लक्षित बर्गको कार्यक्रममा कमिशन लिएर कार्य सम्पन्नको सिफारिस दिने गरेको कर्मचारी स्रोतको दाबी छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका ६ टेढाकटीको रुपौलिया महिला बिकास संस्थाले समेत सुवर्ण गाउँपालिकामा महिलाहरूलाई हिंसामुक्त तथा जनचेतना तालिम, किशोरीहरुकोलागी प्रजन्न स्वास्थ सम्बन्धि जनचेतनामूलक तालिमको आयोजना गरेको छ ।
आमा सुधार कार्यक्रम महिला तत्मा समाज सेवा केन्द्र महागढीमाई २ लाई दिइएको छ । यसैगरी साईबर अपराध तथा लागू औषध सम्बन्धि कार्यक्रम समेत कमिशनको भरमा बाँडिएको छ ।
यता न्यु फ्रेन्डस क्लब करैयामाई ८ नरहीले समेत महिलाहरुको महिनवारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा महिलाहरुलाई दाइजोप्रथा सम्बन्धि कार्यक्रम संचालन गरेको छ।
बाराको दक्षिणी भेगमा अवस्थित सुवर्ण गाउँपालिकाको विभिन्न वडामा गरिएको यि कार्यक्रमहरु ‘एनि हाउ पैसा कमाउ’ उद्देश्यले अभिप्रेरित रहेको बुझिएको छ।
ती संस्थाहरुले कार्यक्रम संचालन गर्दा सहभागीको संख्या नपुगेको वडामा फर्जी सहभागिको नाम राखेर गोरखधन्दा संचालन गरि भुक्तानीको लागि बिल भर्पाई समेत नक्कली पेश गर्ने गरिएको छ ।
गाउँपालिका अध्यक्ष यादवले कमिशनको आरोप गलत रहेको बताएका छन ।
यस्ता कार्यक्रम संचालन गर्न गोप्य सुचना निकाली प्रकाशित पत्रीका बजारमै नल्याई पालिकाले जनताको करको रकम आफ्नो झोलिमा पार्न उद्दत देखिन्छ।
Leave a Reply