उपसभामुखलाई हटाउने कार्य स्वीकार्य छैन्–प्रभु साह

बिश्वखबर
पढ्न लाग्ने समय : 2 मिनेट

२९ भदौ, काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

आजपा निकटको आईटी आर्मीले आज काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउँने खेल आफूलाई स्वीकार्य नभएको उनले बताए ।

‘महिनौ पहिलाको घटनालाई जोडेर उपसभामुखलाई हटाउन अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन् । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्धा कोट्याउँदै उपसभामुखलाई हटाउँने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापी स्वीकार्य गर्दैनौं’ आजपा अध्यक्ष साहले भने, ‘यदी उपसभामुले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ । पहिला पालैपाले सरकारमा सहभागि भएको कांग्रेस र एमालेले पहिले यो मुद्धा किन छोड्यो र अहिले आएर किन बोक्यो ? मनमौजी गर्न नपाउँने पछि जे पनि गर्ने ?’

सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको आजपाले त्यसलाई काठमाडौं उपत्यकामा पनि भव्यरुपमा कार्यान्वयन गर्नुपर्ने गरी तयारीमा जुटन साहले निर्देशन दिए । काठमाडौं उपत्यकाको तीनवटै काठमाडौं, ललितपुर, भक्तपुरत जिल्लामा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकाल्ने तयारी गर्नु अघि आईटी आर्मीको भेला काठमाडौंमा गरेको हो ।

आईटी आर्मी काठमाडौं उपत्यकाका अध्यक्ष टाईसन लामाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु चन्द्रभूषण साह, रविन्द्र सिंह, बिजय यादव, रंजू कुमारी साह, सरोज श्रेष्ठ, संजय साह, सुमन यादव, आर्या पाण्डे लगायतको बिशेष सहभागिता रहेको थियो ।

कार्यक्रममा आजपा स्थायी कमिटीका सदस्य चन्दन साहले भोजपुरी भाषाको भ्रष्टाचार बिरोधि कविता र अन्य कलाकारहरुको बिशेष प्रस्तुतिले कार्यक्रम गुन्ज्यमान बनेको थियो ।

Leave a Comment