क्यानडाविरुद्ध अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

बिश्वखबर
बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

Onlinekhabar
२७ माघ २०८०, शनिबार

क्यानडाविरुद्ध अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

0
44
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १४:१०

२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।

उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो । यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।

Leave a comment