२८ असोज, बारा : बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
बाराको कोल्हवी नगरपालिका–२ का ६३ वर्षीय हस्तबहादुर ठोकर मृत्यु भएको छ ।
आज बिहान हात्तीले आक्रमण गर्दा ठोकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
बिहान घाँस काट्न गाउँ नजिकको जंगलमा गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो।
बिहान अबेरसम्मपनि ठोकर घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँलेले जंगलमा खोज्न जाँदा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।