प्रभु साहले भने, `ओली सरकारको १०० दिन पुर्ण असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्र भयो´

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 176
पढ्न लाग्ने समय : 2 मिनेट

३० असोज, बारा : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पुर्ण रुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको बताउदै उनले भ्रष्टाचारी, लुटेरा र अनियमितता गर्नेहरु नै शासन व्यवस्था सञ्चालन गरिरहेको गम्भिर आरोप लगाए । उनले राज्यले नै भ्रष्टाचारीलाई संरक्षण दिएको बताए ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउन युवाहरू अगाडि आउनुपर्ने बताए ।

गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको साहले आरोप लगाए ।

उनले ऐतिहासिक शहर कलैयाको बिकासमा सरकारले ध्यान नदिएको गुनासो गरे । हुलाकी राजमार्ग अन्तरगतको पिलुवा–कलैया–मटिअर्वा सडक अन्तरगतको कलैयामा ३ किलोमिटर सडक कालोपत्रे कहिले हुने भन्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे ।

आम बिद्यार्थी मोर्चाका बारा अध्यक्ष कृष्ण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका बरिस्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, अशोक राई नेतृत्वको जसपाका नेता एंव संबिधान सभा सदस्य प्रमोद गुप्ता, जसपाकै नेता एंव मधेस प्रदेश सभाका पुर्व बिधायक पारस साह, नेकापा (माओबादी केन्द्र) कलैया नगरकमिटी अध्यक्ष मुकेश साह आजपाका सचीव उमेश कुशवाहा, जनमत पार्टी बारा ईन्चार्ज शिवनाथ पटेल, आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता, आम दलित मोर्चाका अध्यक्ष ठागा दास, आम विद्यार्थी आजपा नेताहरु बिजय यादव निर्बिज, श्रीनारायण पटेल, राजकिशोर साह सहित विभिन्न पार्टीका नेताकार्यकर्ता सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

Leave a comment