दाना चक्रवात भारतको ओडिशामा बज्रियो, नेपालमा खासै असर नपर्ने

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 37
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

९ कात्तिक, काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् ।

तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ ।

यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ ।

प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ ।

हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।
दाना चक्रवातले उछुट्याएको बादलले गर्दा कोशी प्रदेशमा चाहिँ सामान्य प्रभाव देखिन्छ । तर अन्त खासै छैन । मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा हुँदैन,’ उनले भने ।

  • An error has occurred, which probably means the feed is down. Try again later.