४ पुस, बारा: बारामा प्रहरीले लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटेको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका-२२ तीन नम्बर पुल नजिकको जंगलबाट गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक ट्र्क बहादुर कार्कीको नेतृत्वमा खटेको टोलीले ९७ किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले
चितवन भरतपुर सिद्धार्थ टोलका ४६ बर्षीय टेक बहादुर गुरुङ र राप्ती नगरपालिकाका वडा नम्बर-२ का ३५ बर्षीय बिष्णु लामालाई कार र १८ पोका गाँजा सहित पक्राउ गरेको हो ।
प्रहरीले बा ११ च ७०१२ नम्बरको कार सहित दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।