बारामा प्रहरीद्वारा करिब ६२ लाखको मालसामान पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 18
पढ्न लाग्ने समय : 1 मिनेट

५ पुस, बारा : बारामा प्रहरीले करिब ६२ लाख मुल्य बराबरको धनमाल नियन्त्रणमा लिएको छ ।

प्रहरीले पथलैयाबाट ६१ लाख ७२ हजार एक सय १९ रुपैयाँ मुल्य बराबरको धनमाल नियन्त्रणमा लिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटेको प्रहरी टोलीले ना ७ ख १३१० र प्रदेश ०१-०२-००१ ख ८०७३ नम्बरको ट्रक सहित समान नियन्त्रणमा लिएको हो ।

प्रहरीले किराना समान, साईकलको पार्टपुर्जा लगायतका सामग्री नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सरसमान आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.