बारा प्रहरीद्वारा करिब ६८ लाखको समान सहित गाडी नियन्त्रणमा

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 22
पढ्न लाग्ने समय : 1 मिनेट

११ पुस, बारा: प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट करिब ६८ लाख मुल्य बराबरको सरसमान सहित गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुईवटा ट्रक सहित ६७ लाख ९६ हजार मुल्य बराबरको सरसमान नियन्त्रणमा लिएको हो ।

प्रहरीले पथलैया र अमलेखगञ्जबाट ट्रक सहित सरसमान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

प्रहरीवरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमान्डमा खटेको प्रहरी टोलीले पथलैयाबाट ना ५ ख ७०५२ नम्बरको ट्रक सहित ३६ लाख १३ हजार मुल्य बराबरको हार्डवेयरका समान र मोटरपार्टस नियन्त्रणमा लिएको हो ।

अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको टोलीले लु १ ख ९५१४ नम्बरको ट्रक सहित ३१ लाख ८२ हजार मुल्य बराबरको हिटर, औषधि लगायतका समान नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको समान आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.