अधिकारी र पंगेनी सहित २५ जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 166
पढ्न लाग्ने समय : 1 मिनेट

९ माघ, बारा: नेपाल प्रहरीको एसएसपीमा बढुवा भएकाहरुलाई आज एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरीको एसएसपीमा बढुवा भएका नवराज अधिकारी र कृष्ण पंगेनी सहित २५ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसएसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

अधिकारी र पंगेनीसंगै महेन्द्र खडका, होविन्द्र बोगटी, राजेन्द्र धमला लगायत २५ जना एसपीबाट एसएसपीमा बढुवा भएका हुन ।