६ चैत्र,बारा: नेकपा माओवादी केन्द्रले कलैयामा सडक अवरुद्ध गरेर आम सभा गर्न लागेको छ ।
माओवादीले कलैया स्थित भरत चौकमा सडक जाम हुनेगरी सभा गर्न लागेको हो ।
माओवादीले कलैयाको घण्टाघरको पश्चिम तर्फको सडक जाम हुनेगरी आमसभा गर्न लागेको हो ।
माओवादीले सडकमै टेण्ट गाडेर सभाको तयारी गरेपछि त्यसको सर्वत्र विरोध हुन थालेको छ ।
भोलि हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष सहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सडकमै टेण्ट गाडिएपछी नागरिकले विरोध गर्न थालेका छन ।
कलैया उपमहानगरपालिका वडा नम्बर-१ का सदस्य शशी दास ब्रेटलीले सडक जाम हुनेगरी कार्यक्रमगर्नु गलत भएको बताए ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले कार्यक्रम गर्न माओवादीले कुनै अनुमति नलिएको बताए ।
सडकमै टेण्ट गाडिएपनी कलैया उपमहानगरपालिका मौनता देखाएर कुनै हस्तक्षेप नगर्नु दु:खद भएको वडा सदस्य दासले प्रतिक्रिया दिए ।
उनले नगरपालिका र माओवादीले नागरिकलाई दुख दिने नियतले सडकमा टेण्ट गाडेको बताए ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सडकमा गाडिएको टेण्ह हटाउन आयोजकसंग समन्वय गर्ने बताए ।
माओवादीले कलैयामा सडक जाम गरेर सभा गर्दै

Leave a Reply