१५ माघ, बारा : बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीका डीएसपी विदुर भट्टराईको सरुवा भएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी भट्टराईको सरुवा गरेको हो ।
मटिअर्वामा मुख्यालयले डीएसपी योगराज दाहाललाई खटाएको छ । सशस्त्र प्रहरी मुख्यालयले अविलम्ब सरुवा भएको ठाउँमा जान निर्देशन दिएको छ ।
मुख्यालय स्रोतका अनुसार तीन देखि चारदिन भित्रमा डीएसपी दाहाल मटिअर्वाको कमान्ड सम्हाल्न आईपुग्ने छन ।
सशस्त्र प्रहरी मुख्यालयले कबहीगोठ बीओपीको प्रमुखको रुपमा सशस्त्र प्रहरी निरीक्षक सुशील कुमार पाण्डेलाई खटाएको छ ।
मुख्यालयले आज काज सरुवा निकालेको हो ।