२० बैशाख,बारा: बारामा प्रहरीले लागु पदार्थ गाजा सहित चारजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटेको टोलीले दुई सय २५ किलो गाजा सहित चारजनालाई पक्राउ गरेको हो ।
प्रहरीले ट्र्याक्टरमा लोड गरिएको अवस्थामा आदर्श कोतवाल गाउपालिका-३ स्थित बतराबाट गाजा बरामद गरेको हो ।
प्रहरीले प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्रयाक्टर समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।
प्रहरीले गाजा कारोबारमा संलग्न रहेकोे आरोपमा आदर्श कोतवाल गाउपालिका-३ का नन्द किशोर मुखिया बिन, मकवानपुर हेटौंडा नगरपालिका-४ का कमान प्रजा,कैलाश गाउपालिका-५ का सिताराम प्रजा र नवराज मगरलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी गराए ।
बारामा गाजा सहित चारजना पक्राउ
Leave a Comment
Leave a Comment






