२० जेठ,काठमाडौ : उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौ रामशाहपथको प्रमुखको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहणसँगै एसएसपी अधिकारीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन ।
उनले राजधानीको ट्राफिक समस्यालाई न्युनिकरण गर्न स्मार्ट प्रविधिको प्रयोग, नागरिकमैत्री सेवा प्रवाह, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा ट्राफिक सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउने योजना अघि सारेका छन ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै एसएसपी अधिकारीले भने, “उपत्यकाको ट्राफिक व्यवस्थापन केवल प्रहरीको मात्रै होइन, सबैको साझा जिम्मेवारी हो। हामी समन्वय, सहयोग र प्रविधिको माध्यमबाट यातायात समस्या समाधानतर्फ अघि बढ्नेछौं।”
एसएसपी अधिकारीको नेतृत्वमा उपत्यकामा ट्राफिक नियम पालना, जाम न्युनिकरण तथा दुर्घटना न्यूनीकरणमा सुधार आउने आशा गरिएको छ।


