२९ बैशाख,बारा: महागढीमाई नगरपालिका वडा नम्बर १० साविक महेशपुर गाबिस वडा नम्बर १ को भुभागमा रहेको बाटोमा खानेपानी आयोजनाको शिलान्यास गर्नु कानुन विपरित रहेको बताइएको छ ।
महागढीमाई नगरपालिकाको जग्गामा कलैया उपमहानगरपालिकाको स्वामित्व देखाएर कानुन कार्यन्वयन गर्ने, गराउने बाट नै यसरी काम गर्नु सरासर गलत रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताए ।
खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्साले महेशपुर खानेपानी आयोजना कलैया उपमहानगरपालिकाले वडा नम्बर, १५, २६ र २७ मा बैसाख २९ गते खानेपानी मन्त्री प्रदिप यादवले शिलान्यास गर्ने काम कानुन विपरित भएको महागढीमाईै नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
२०८१ साल चैत्र महिनाको ५ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगंजले नेपाल राजपत्र खण्ड ६७ संख्या ७ मिति २०७४ जेठ ११ को संघिय ममिला तथा स्थानिय बिकास मन्त्रालयको सुचना बमोजिम साबित महेशपुगाबिस वडा नम्बर १ बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १० मा पर्ने गरि पालिकाको संख्या थप हेरफेर र स्तरोन्नति गरि तिनीहरुको नाम संख्या, सिमना तथा वडाको बिभाजन गरि वडाको सिमना कायम गरेको हुदा कुनै प्रकारका सिफारिस, जग्गाको सम्पति कर नकाटन नगर्न नगराउन कलैया उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको हुदा समेत अदालतको आदेशलाई वेवस्ता गर्दै महागढीमाईको जग्गामा खानेपानी आयोजनाको नाममा शिलान्यास गर्नु कानुनको बरखिलाप रहेको नगरप्रमुख यादवले भने ।
न्यायदिशहरु हरि प्रसाद पौडेल, , नेत्र प्रकाश अचार्यको संयुक्त ईजलासले सो अन्तरिम आदेश जारी गरेको थियो । तर त्यो आदेशलाई खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्साले खानेपानी मन्त्री यादवलाई प्रमुख अतिथी बनाएर उद्धघाटन गराउनु कानुनी राज्यको उपहास गर्नु हो नगरप्रमुख यादवले भने ।
कानुन र संविधानलाई परिपलना गराउन, कार्यन्वयन गराउन राज्य र सरकारको मन्त्रीहरुको मुख्य दायित्व रहेको भएपनि संघ सरकारको खानेपानी मन्त्रीबाट यस्तो कार्य हुनु लाजास्पद बिषय बनेको छ नगरप्रमुख यादवले जानकारी दिए ।
मिति २०८२ साल बैसाख महिनाको २६ गते संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बिरगंज पर्साको नाममा महागढीमाई नगरपालिकाकाले साबित महेसपुर गाबिस वडा नम्बर १ को सबै भुभाग महागढीमाई नगरपालिकाका रहेको उच्च अदालतको अन्तरिम आदेश सहितको पत्र मार्फत लिखित जानकारी गराउदा समेत पनि सो कार्यालयले नगरपालिकाको पत्रलाई कसको ईसरामा वेवस्ता गरेको हो बुझन नसकेको हो नगरप्रमुख यादवले बताए ।
नगरपालिकासंग कुनै समन्वय , सहकार्य नगरीकन अरु पालिकाको जग्गामा अर्को पालिकाको ट्याक लगाएर योजना संचालन गर्नु कार्यालयको बदमासी रहेको नगरप्रमुख यादवले भने । आदेशको आदेश अटेरी गर्ने खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्सालाई कानुनको दायरामा ल्याउन प्रशासनसंग माँग समेत गरे ?



Leave a Reply