प्रतिनिधिसभा विघटन, नयाँ निर्वाचन फागुन २१ गते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-२८ भदौ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरले शुक्रबार राति ११ः०० बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन भएको विज्ञप्ति सार्वजनिक गर्नुभयो।
विज्ञप्तिअनुसार नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीबारका लागि तोकिएको छ।
वि.सं. २०७९ मा गठन भएको प्रतिनिधिसभा आफ्नो पूर्ण कार्यकाल पूरा गर्नुअघि नै विघटन भएको हो। राजनीतिक अस्थिरताबीच आएको यस निर्णयलाई मुलुकको आगामी सत्ता–राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

Leave a Comment