सशस्त्र डीएसपी बिसीले १० हजार लिएर मोबाईल छोडेको खुलासा

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 219
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

४ पुष,वीरगन्ज : पर्साको सुवर्णपुर स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपीले नियन्त्रणमा लिएको मोबाईल आर्थिक नजरना लिएर छोडेको रहस्य बाहिरिएको छ ।

ठोरी गाउँपालिका वडा नम्बर–५ मा पर्ने चमरी गाउँ नजिकको हुलाकी सडक खण्डमा बुधबार बेलुका सशस्त्र प्रहरीले कागजपत्र शंकास्पद रहेको भन्दै नियन्त्रणमा लिएको १६० पिस मोबाइल आर्थिक चलखेल गरि छोडेको रहस्य बाहिरिएको हो ।

सुवर्णपुर मै रहेको एउटा मोबाईल पसलको नाममा ५०० पिस मोबाईलको अनलाइन बिल रहेको र पसल वालाले गाडी नपाएपछि १६० पिस मात्रै मोबाइल बाराको जितपुरबाट लिएर आउने क्रममा सशस्त्र प्रहरी बल प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णबाट सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी भरत बिसीको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा उक्त मोबाइल नियन्त्रणमा लिएका थिए ।

पछि डीएसपी बिसीले मोबाइल धनीलाइै बेलुका ८ बजे आफ्नो कार्यालयमा बोलाई जरिवाना तिर्ने कि भन्सार पठाई दिउँ भनेर थर्काउदै १० हजार आफूसँग लिएको मोबाइल पसलेले दाबी गरेका छन् ।

मोबाईल नियन्त्रणमा लिएको विषयमा सशस्त्रका डीएसपी बिसीसँग जानकारी लिँदा मोबाईल नियन्त्रणमा लिएको स्वीकार गरेपनी पैसा नलिएको दाबी गरेका छन ।

पछिल्लो समय सशस्त्र प्रहरी अनैतिक कार्यमा संलग्न हुने क्रम बढेन थालेको छ ।
केही दिन अघिमात्रै बाराको मटिअर्वाका डीएसपी विदुर भट्टराईलाई छानबिनकालागी हेडक्वार्टर तानिएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.