बाराको प्रसौनी-६ का वडाध्यक्ष कुश्वाहा पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

११ जेठ,बारा : बारामा प्रहरीले आज एकजना वडाध्यक्षलाइ पक्राउ गरेको छ ।

प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृजकिशोर कुश्वाहालाई  पक्राउ  गरेको हो ।
विभिन्न कसूरमा बारा जिल्ला अदालतबाट गरिएको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई आज नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष कुश्वाहालाई वडा समितिको कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो ।

पक्राउ गरिएका कुशवाहालाई आज नै बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Leave a Comment