२७ जेठ,बारा: बाराको कलैया उपमहानगरपालिका अन्तरगतका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ।
निजी तथा सामुदायिक विद्यालयहरु भोलिदेखि तीन दिनकालागी बन्द गरिएका हुन ।
अत्यधिक गर्मी बढेपछि विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा असर देखिन थालेकाे र केही विद्यालयमा विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हाे ।
उपमहानगरपालिकाकाे शिक्षा समितिको सिफारिसमा उपमहानगरपालिकाले जेठ २८ गतेदेखि जेठ ३० गतेसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे नगर शिक्षा शाखा प्रमुख राजिव कुमार यादवले जारी गरेको सूचनामा उल्लेख छ ।


